परिचय
प्रियहरु हो, ख्रीष्टियान जीवन केवल सही शिक्षा जान्नु वा बाहिरी धार्मिक गतिविधिमा सीमित हुँदैन । साँचो ख्रीष्टियान जीवन विश्वास र प्रेमद्वारा चिनिन्छ—त्यस्तो विश्वास जुन प्रभु येशू ख्रीष्टमाथि दृढ हुन्छ, र त्यस्तो प्रेम जुन सन्तहरूप्रति व्यवहारिक रूपमा प्रकट हुन्छ । जब पावल फिलेमोनलाई सम्झेर प्रार्थना गर्छन्, तब उनी परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छन्, किनकि उनले फिलेमोनको प्रभु येशूमाथिको विश्वास र सन्तहरूप्रतिको प्रेमको बारेमा सुनेका थिए । यो विश्वास र प्रेम केवल व्यक्तिगत आत्मिक अनुभव मात्र थिएन, तर यसले चर्चमामा प्रभाव पारेको थियो—सन्तहरूको हृदय ताजा भएको थियो । आज हामी यही कुरा यस खण्डबाट सिक्नेछौँ कि येशू ख्रीष्टमाथिको साँचो विश्वास र साँचो प्रेमले कसरी सन्तहरूको हृदयलाई पुनः ताजा बनाउँछ ?
फिलेमोन १ः४–७
मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु । म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस् । मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन् ।
मुख्य विचारः येशू ख्रीष्टमाथिको विश्वास र प्रेमले सन्तहरुको ह्रदयलाई ताजा बनाउँछ ।
यस अन्र्तगत हामी दुईवटा कुराहरु हेर्नेछौँ ।
१. विश्वास २. प्रेम
१. विश्वास
विश्वास भनेको के हो ? विश्वास भनेको भरोसा हो । कसमाथिको विश्वास वा भरोसा हो ? येशूख्रीष्टमाथिको विश्वास हो । जसले हामीलाई उद्धार दिनुहुन्छ । अनन्त जीवन दिनुहुन्छ । पावल आफै फिलेमोनको ख्रीष्टमाथिको विश्वास देखेर परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन् । उनले ४ पदमा यसरी भन्छन्, मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, । जव उनी प्रार्थना गर्न बस्छन् तब उनी यो भन्छन् कि, मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु । पावलले मेरो प्रार्थनाहरुमा भन्ने शब्दबाट आफ्नो कुराहरु सुरु गर्छन् । उनले बहुबचन शब्द प्रयोग गरेका छन् । प्रार्थनाहरुमा । त्यसोभए हामी सोध्नुपर्ने प्रश्न भनेको प्रार्थना भनेको के हो ? प्रार्थना भनेको परमेश्वरसँग बताचित गर्नु हो । कुराकानी गर्नु हो । यो प्रार्थना एकतर्फि हुन्छ । हामी बोल्छौँ, उहाँ सुन्नुहुन्छ । हामी आफ्ना कुरा उहाँलाई भन्छौ, उहाँले सुन्नुहुन्छ । उहाँले हाम्रो प्रार्थनाको उत्तर सुनेर र नसुनेर दुबै तरिकाले दिनुहुन्छ । जब उहाँले सुन्नुहुन्छ तब उहाँले जवाफ दिनुहुन्छ । फेरी हाम्रो प्रार्थनाले परमेश्वरलाई खुसी बनाउने पनि होइन । प्रार्थना गर्ने वित्तिक्कै जवाफ दिने बनाउने पनि होइन । हामी उहाँको मनलाई पगाल्न सक्दैनौँ किनकि स्वतन्त्र हुनुहुन्छ । उहाँको इच्छा छ भने उहाँले सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ । यदि उहाँको इच्छा छैन भने उहाँले दिनुहुन्न । उहाँले नदिएर नै जवाफ दिनुहुन्छ । उहाँको मौनता नै प्रार्थनाको उत्तर हो । जसरी याकूब ४ः३ ले हामीलाई बताउँछन् कि, तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ ।
हामी आफ्नो स्वार्थ पूरा गर्नलाई माग्छौँ सो पाउदैनौँ । पावलले एक दिन होइन, दुई दिन होइन, एक हप्ता होइन, महिना होइन, बर्ष होइन तर सधै परमेश्वरलाई धन्यवाद दिन्छन् । किन पावलले परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन् ? धन्यवाद दिनुको कारण के हो ? ५ पद हेरौँ न, किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु ।
पावलले यहाँ दुईवटा कुराहरु बताएका छन्ः पहिलो कुरा फिलोमनको प्रभु येशूमाथिको विश्वास र दोस्रो कुरा सन्तहरुप्रति प्रेमको विषयमा सुनेर परमेश्वरलाई सधै धन्यवाद दिन्छन् । पावलले यहाँ फिलोमनको झुटो प्रशंसा गरिरहेका छ्रैनन् । तिमी जो होइनौँ त्यो हौँ भनेर प्रशंसा गरिरहेका छैनन् । मानौ कि, फिलेमोनले ओनिसिमसलाई क्षमा दिएका छैनन् तर उनले बास्तवमा क्षमा दिइसकेका छन् । एउटा उदहरणलाई हेरौँ न, जस्तै म कलो छु तर अरुले मलाई तिमी त कति गोरो छौँ भन्यो भने त्यो चाहिँ झुटो प्रंशसा हो । यस्तो प्रशंसा गरिरहेका छैनन् । तर वास्तावम पावलले साँचो प्रशंसा गरिरहेका छन् जुन फिलोमनले गरेका छन् । जसको बारेमा उनले अरु मानिसहरुबाट सुनेका छन् । कसमाथिको विश्वास देखेर पावलले परमेश्वरलाइै सधैँ दिइरहेका छन् ? प्रभु येशूख्रीष्टमाथिको विश्वास र सन्तहरुप्रतिको प्रेमलाई देखेर धन्यवाद दिइरहेका छन् । आउनुहोस् हामी यसलाई एक एक गरि हेर्नेछौँ ।
पहिलो हेरौँ, प्रभु येशूख्रीष्टमाथिको विश्वासको विषयमा ।
त्यसोभए, प्रभु येशूख्रीष्ट को हुनुहुन्छ जसको विश्वास उहाँमाथि रहेको देखेर परमेश्वरलाई धन्यवाद दिइरहेका छन् ? प्रभु येशूख्रीष्ट राजा हुनुहुन्छ । उहाँ मालिक हुनुहुन्छ । उहाँ हाम्रो मध्यस्ताकर्ता हुनुहुन्छ । कष्ट भोग्ने राजा हुनुहुन्छ । जो हाम्रो पापको खतिर क्रूसमा मर्नुभयो, गडिनुभयो र तेस्रो दिनमा बौरी उठनुभयो । उहाँको मृत्यु र पुनरुत्थानले परमेश्वर पितासँग मिलापमा ल्याएको छ । जुन परमेश्वर हाम्रो सारा सृष्टिको सृष्टिकर्ता हुनुहुन्छ । यहि परमेश्वरमाथिको विश्वासलाई देखेर उनी सधै धन्यवाद दिन्छनन् । यो विश्वास मन लागेको बेला ख्रीष्टमा भरोसा गर्ने र मन नलागेको बेलामा विश्वास नगर्ने भन्ने विश्वास थिएन् । तर साँचो विश्वासको बारेमा बताएका छन् । यो विश्वास केवल स्वर्ग जान पाइन्छ भन्ने मात्र थिएन तर साँचो विश्वास थियो । जस्तै कि, यदि कसैले तपाईलाई सोध्यो तपाईंले किन ख्रीष्टमा विश्वास गर्नुभयो ? तपाईंको उत्तर के हुन्छ ? पक्कै पनि स्वर्ग जान पाउछु । मेरो पाप क्षमा हुन्छ त्यसैले मैले विश्वास गरेको छु भन्ने होला । तर विश्वास अनुसारको काम हुदैन भने त्यो साँचो विश्वास होइन । म परमेश्वरसँगको सम्बन्धमा ठिक ठहरिएको छु अब मलाई अरुसँग कुनै सरोकार छैन भन्ने पनि होइन । यो प्रभु येशूख्रीष्टमाथिको विश्वास भनेको ख्रीष्ट नै सबैथोक हुनुहुन्छ भन्नु हो । उहाँ नै मेरो सर्वश्व हुनुहुन्छ । उहाँ नै मेरो सृष्टिकर्ता, मुक्तिदाता, र उद्धारकर्ता हुनुहुन्छ । उहाँ नै मलाई बचाउनको लागि कलबरी क्रूसमा मेरो सटटामा मर्नुभयो, गाडिनुभयो र बौरी उठनुभयो । उहाँ मात्र मेरो पापलाई क्षमा गर्नुहुन्छ । मैले मेरो मुक्ति कामद्धारा होइन तर उहाँको अनुग्रहद्धारा पाएका छु भनि मानिलिनु हो । ख्रीष्टमाथिको विश्वास भनेको तपाईंको जीवनको हरेक क्षेत्रमा ख्रीष्ट महिमित भएको चाहनु हो । म मेरो जीवनको मालिक होइन तर उहाँ हुनुहुन्छ भन्नु हो । पावलले यो विश्वासको बारेमा कुरा गरिरहेका छन् । उहाँ माथिको विश्वासलाई देखेर परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन् । के हामी यहि प्रभुयेशूमाथि विश्वास गछौँ ? के हाम्रो विश्वास पनि यस्तै छ ? के मानिसहरुले तपाईंको प्रभु येशूमाथिको विश्वासलाई देखेर सधै परमेश्वरलाई धन्यवाद दिन्छन् ?
प्रभु येशूमाथिको विश्वासले हामीलाई सन्तहरुप्रतिको प्रेम तर्फ दोर्याउँछ । बचनको दोस्रो बुँदा प्रेम ।
मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु ।
२. प्रेम (५–७)
दोस्रो सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु भन्ने हो ।
ख्रीष्टमाथिको साँचो विश्वासले एकअर्कालाई प्रेम गर्ने बनाउँछ । अर्को शब्दमा भन्नुपर्दा, बचाउने विश्वासको फल भनेको एकअर्कालाई प्रेम गर्नु हो । अभैm भन्ने हो भने उद्धार पाइसकेपछिको फल भनेको एकअर्कालाई प्रेम गर्नु हो । उद्धार गरिएका मानिसहरुलाई प्रेम गर्नु हो । प्रेम एक यस्तो चिज हो जसले हामीलाई एक बनाउँछ । विश्वास र प्रेम एक सिक्काका दुई पटाहरु हुन । यसलाई हामीले कहिल्यै पनि छुटटायाउन सक्दैनौँ । विश्वास विना प्रेम केहि पनि होइन र प्रेम विना विश्वासको केहि अर्थ हुदैन । त्यसैले १ कोरिन्थी १३ः२ मा मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ ।
एक अर्कालाई प्रेम गर्ने काम फिलेमोनले गरेका थिए । सन्तहरुप्रति गरिएको प्रेमको बारेमा पावलले धेरै कुरा अरुबाट सुनेका थिए होलान् । सायद पावलसँग फिलेमोनको नराम्रो पक्षको बारेमा बोल्नलाई शब्द केहि पनि थिएन होला किनकि उनले अरुबाट सन्त वा विश्वासीहरुलाई गरिने प्रेमको बारेमा सुनेका थिए । प्रेम नै सबैकुराको कारक हो । जसरी येशूले यूहन्ना १३ः३५ भन्नुहुन्छ,
यदि तिमीहरूले एक–अर्कालाई प्रेम ग¥यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ ।
यहि प्रेमले अथवा एकअर्कालाई गरिने प्रेमले नै हामी ख्रीष्टका चेला हौँ भनेर देखाउँछ । के तपाईं एकअर्कालाई प्रेम गर्नुहुन्छ ? कि तपाईं आफ्नो आफन्त, मन मिल्ने साथीलाई मात्र प्रेम गर्नुहुन्छ ? यदि कोही चर्चमा तपाईंको जस्तो विश्वासमा बलियो नहोलान्, उहाँले तपाईंको कुरालाई छिटो नबुझलान् के तपाईं त्यस्तो व्यक्तिलाई पनि प्रेम गर्नुहुन्छ ? हामी शारिरिक बुवा आमाका सन्तान हौँ यसकारणले एकअर्कालाई प्रेम गर्छौँ भन्ने पनि होइन तर हामी ख्रीष्टका रगतद्धारा किनिएका छौँ त्यसकारणले एक अर्कालाई प्रेम गछौँ । एउटै परमेश्वरका सन्तान भएको कारणले हामी एकअर्कालाई प्रेम गछौँ । हाम्रो व्यवहारहरु प्राय मानिसहरुको वहिरी अवस्था, धन, शैक्षिक योग्यता, जात र सामाजिक मर्याद हरेर प्रेम गर्न पुग्छौँ तर यस्तो प्रेमको बोरमा पावलले फिलेमोनका प्रशंसा गरिरहेका छैनन तर सन्तहरुप्रति साँचो प्रेम, वास्ता देखेको कारणले उनको बारेमा प्रशंसा गरिरहेका छन् ।
हामीले विश्वास गर्यौ र एक अर्कालाई प्रेम गर्यौ अब के त ? यसले हाम्रो जीवनमा कस्तो परिणाम ल्याएर आउँछ त ? पद ६ र ७ हेरौँ न, म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस् । मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन् ।
पावलले प्रार्थना गर्दछन् । के भनेर उनले प्रार्थना गर्दछन् ? पद ६ हेरौँ न,
तिम्रो विश्वासको सहभागितले ख्रीष्टमा भएका हाम्रा सबै कुराका ज्ञानको वृद्धि गर्न सकोस् ।
तर अंग्रेजीमा अलि फरक छ, जुन नेपाली संकारणमा पाउदैनौँ ।
म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टको निम्ति अथवा खातिर हामीभित्र भएको प्रत्येक असल कुराको पूर्ण ज्ञानद्वारा प्रभावकारी बनोस् ।”
विश्वास र प्रेमले हामीलाई एकअर्कासँग संगति गर्ने बाताबरण सिर्जना गर्छ । जसरी ओनिसिमसलाई क्षमा गरेर फिलेमोनले कलस्सेको चर्चका विश्वासीहरुबिच एकता र शान्ति कायम राखे । क्षमा गर्ने कुरा जाति कठिनाइ किन नहोस्, यसले चर्चको एकतामा शान्ति कायम गर्छ । एक मालिक र नोकरविचको सम्बन्धलाई प्रगध गरिदिन्छ । क्षमाको बारेमा धेरै पुस्तकहरु पढनु एउटा कुरा हो भने त्यसलाई आफ्नो व्यक्तिगत जीवनमा लागू गर्नु अर्को कुरा हो । जब हामी क्षमालाई आफ्नो जीवनमा अभ्यास गछौँ तब यसले हाम्रो आत्मिक परिपक्वतालाई देखाउँछ (एफिसी ४ः१२–१३) । हामी जे पनि गछौँ ख्रीष्टको महिमाको खातिर गछौँ । यस कुराले परमेश्वरको महिमा हुन्छ । फिलेमोन परमेश्वरको महिमा दिन अत्यन्त समर्पित भएकोले उनले ओनिसिमसलाई क्षमा दिने छन् भन्ने कुरामा पावल ढुक्क थिए ।
यति मात्र होइन, जब उनले ओनिसिमसलाई क्षमा गर्नेछन् तब सन्तहरुको ह्रदय फेरि ताजा हुनेछ । पद ७ हेरौँ न,
मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन् ।पावल किन यति धेरै खुसी भएका छन ? अथवा आनन्द र सान्त्वना पाएको छु भनेर व्यक्त गरिरहेका छन् ? यसको कारण भनेको प्रेम हो जसद्धारा सन्तहरुको ह्रदय फेरि ताजा भएको छ । ताजा भनेको जब हामी खेतमा काम गरेर थाक्छौँ तब हामी विश्राम लिन्छौँ । बिश्राम लिदा हाम्रो शरिर फेरि ताजा हुन्छ । शरिरको दुखाई, पिडा हटेर जान्छ । त्यसरी नै उनले अथवा फिलेमोनले ओनिसिसलाई क्षमा गरेको कारणले उनको ह्रदय लगायत धेरै सन्तहरुको ह्रदय ताजा भएको छ । उनले ख्रीष्टको एक साँचो चेलाको नमुना हुँ भनेर देखाएका छन् । हामीलाई थाहा छ कि, न उनी चर्चको पाष्टर हुन, डिकन हुन, न उनी चर्चको शिक्षक हुन । उनी केवल एक व्यापरी र चर्चको साधारण विश्वासी हुन् । तर उनी धेरै मानिसहरुको आशिषको कारण बनेका छन् । उनको कारणले गर्दा धेरै सन्तहरुको ह्रदय ताजा भएको छ । उद्धार पाएका मानिसहरुको ह्रदय नयाँ भएको छ । फिलेमोनका चर्चका विश्वासीहरु आशिष्त भएका छन् । के हामी एक अर्कालाई क्षमा गर्छौँ ? क्षमा दिनु र लिनु एकदमै कष्टदायी हुन्छ । क्षमा दिँदा ठुलो ह्रदय चाहिन्छ । तर ख्रीष्टको क्षमाको तुलनामा यो निकै कम हुन्छ । यदि परमेश्वरले क्षमा दिनसक्नुहुन्छ भने, यदि फिलेमोनले ओनिसिमसलाई क्षमा दिन सक्छन् भने हामीले किन अरुलाई क्षमा दिन सक्दैनौँ ?
यदि हामी एक अर्कालाई क्षमा गर्दैनौँ भने हामी नयाँ गरि जन्मेका ख्रीष्टका सन्तान होइनौँ । नयाँगरी जन्मेको मानिसले अरुलाई क्षमा दिन्छ किनकि उसले क्षमाको अनुभव गरिसकेको छ ।
निष्कार्ष
अन्त्यमा, हामीले प्रभु येशूमाथिको विश्वास र प्रेमले मात्र सन्तहरुको ह्रदय ताजा हुन्छ भन्ने विषयमा हेर्यो । प्रभु येशूमाथिको विश्वासले मात्र आफ्ना वरिपरि भएका मानिसहरुलाई प्रेम गर्ने बनाउँछ । क्षमा गर्ने बनाउँछ । प्रेम भावना होइन, यो कार्य हो । जबसम्म प्रेम कार्यमा परिणत हुदैन तबसम्म साँचो प्रेम देख्न सक्दैनौँ । साँचो प्रेमको पराकष्ट हामी कू्रसमा देख्न सक्छौँ । परमेश्वरले आफ्नो प्रिय पुत्रलाई यस संसारमा पठाएर र हाम्रो सटटामा क्रूसमा बलिभई देखाउनुभएको छ । उहाँले हाम्रा अनगिन्ती पापहरु क्षमा गरिदिइसक्नुभएकोछ । यो क्षमा र प्रेमले हामीलाई अरुलाई क्षमा गर्ने र प्रेम गर्ने बनाउनुपर्छ । आउनुहोस् हामी प्रार्थना गरौँ ।



