परिचय

एक दिन कुरा हो तपाई आफ्नो घरमा बस्दैहुनुहुन्थ्यो । तपाई बसेका घरमा अपरिचित मित्र आएर तपाईलाई यस्तो भन्यो, परमेश्वरले तपाईलाई एक दिन न्याय गर्नुहुनेछ भनेर मलाई भन्न पठाउनुभएको छ । जब तपाईं यो कुरा वा वाक्यंश सुन्नुहुन्छ त्यतिबेला तपाईको प्रतिउत्तर कस्तो हुन्छ ? तपाईलाई रिस उठछ कि, हो रहेछ भनेर मनिलीनुहुन्छ ? या तपाईंले यस्तो भन्नुहुन्छ, मेरो न्यायको बारेमा बताउने उ को हो र ? वा जुन दिन आउँछ त्यो दिन देखिहल्छ भनेर वेवास्ता त गर्नुहुन्न ? रात पछि उज्यालो, जन्म पछि मृत्यु आएजस्तै मृत्यु पछि न्याय एक दिन सबैको हुन्छ । यसलाई हामीले इन्कार गर्न सक्दैनौँ । चाहे असल होस् या खराब होस्, गुप्तमा लुकेर गरिएका पाप होस्, या मानिसहरुको अगडि गरिएका पाप होस् सबै कुराको न्याय एक दिन हुनेछ । त्यो न्याय हामीजस्तो सिमित ज्ञान र बुद्धि भएको मानिसले होइन जो सिद्ध, पवित्र धार्मिक न्यायकर्ता परमेश्वरले गर्नुहुनेछ । आउनुस हामी यहि प्रश्नको सेरोफेरोमा रहेका सिक्ने प्रयात्न गर्नेछौँ ।

पाठ खण्डः प्रेरित १७:३१
किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ । उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ ।

यहाँ यो पाठबाट कम्तिमा दुई वटा महत्वपूर्ण कुराहरु अवलोकन गर्नसक्छौँ—

१। ईश्वरीय न्याय (३१को क खण्ड) ईश्वरीय न्याय भनेको के हो ?

न्याय भन्ने बितिक्कै तपाईको मनम के आउँछ ? पाक्कै पनि यो शब्द सुन्ने वितिक्कै तपाईको मनमा आदलतको कुरा आउँछ होला । जहाँ बादी वा प्रतिवादीको पक्ष वा विपक्षमा दिइने निर्णय र फैसला सुनाउने कुरा आउँछ होला । हो यसको अर्थ यहि नै हो ।

आजको समाजमा न्याय गर्ने कुरा, फैसला सुनाउने कुरा जसरी एक छेपारोले छिनछिनमा रंग फेर्छ त्यसरी नै इन्साफलाई फेरेको हामी पाउँछौँ । आफुले चाहेको मानिसको न्याय गर्ने र आफुले नचाहेको मानिसको न्याय नगर्ने यदपि त्यो कामको प्रमाण सहि भए पनि यस्तो गरेको हामी देख्न सक्छौँ । तर यहाँ यस खण्डमा प्रयोग गरिएको न्याय अलिकति फरक होइन तर धेरै नै फरक रहेको छ ।

आफ्नो मानिसको वा मननपर्ने व्यक्तिको वकालत अथवा विना बिभेद नै नराखी, नघटाई, नबढाई उहाँले एक दिन न्याय गर्नुहुनेछ । अहिले होइन तर एकनि गर्नुहुनेछ । उहाँको तराजु एकतिर बढी र एकतिर कम हुनेछैन । जसरी हामी पसले कहाँ गएर समान किन्छौ अनि तौल गर्दा अलिकति कम भयोभने यता कम भएको छ भन्छौँ । अनि हामी थप्छौँ । हामी सकरभर कम होइन बढी लिन खोज्छौँ । तर उहाँको तराजु दुबैपटिट बराबर हुनेछ । हामीलाई यो कुरा निश्चित रुपमा कहिले गर्नुहुन्छ भन्ने कुरा थाह छैन, यो भविष्य केन्द्रित छ तर यो कुरामा हामी निधक्क छौँ कि उहाँले एक दिन हामी सबैको न्याय गर्नुहुनेछ । उहाँले त्यो दिन पहिले नै उहाँको सर्बभौमिकतामा तय गरिसक्नुभएको छ । निर्धारण गर्नुभएको छ । सायद त्यो दिन भोली कि, २०२८ मा हुनसक्छ या आज राति नै ? तर यो कुरा अवश्य नै हुनेछ । उहाँले न्याय गर्नुहुनेछ भनेर मात्र भन्नुभएन तर कोद्धारा न्याय गर्नुहुनेछ भनेर पनि भन्नुभएको छ । त्यो न्याय एकजना व्यक्तिद्धारा गर्नुहुनेछ । त्यसोभए त्यो मानिस को हुनुहुन्छ जसले हाम्रो न्याय गर्नुहुनेछ ? त्यो मानिस अरु कोही नभएर जो चाहि सिद्ध, धर्मी, अपरिवर्तनीय र पवित्र हुनुहुन्छ जसको नाम हो येशुख्रीष्ट । ख्रीष्ट मात्र एकजना व्यक्ति हुनुहुन्छ जसले हाम्रो न्याय गर्नुहुनेछ । परमेश्वरको पुत्र हुनुहुन्छ । उहाँलाई मात्र त्यो अधिकार दिइएको छ ।

त्यसोभए तपाईको मनमा प्रश्न आउला कि उहाँले न्याय वा इन्साफ त गर्नुहुनेछ तर उहाँले कसरी इन्साफ गर्नुहुनेछ ? अथवा केको आधारमा उहाँले हामी सबैको न्याय गर्नुहुनेछ ?  आधार के हुनेछ ? यसको जवाफ यहि नै हुनेछ कि उहाँले हाम्रो न्याय आफ्नो पुत्रको धार्मिकताको आधारमा न्याय गर्नुहुनेछ । त्यसोभए हामीले सोध्नुपर्ने अर्को प्रश्न भनेको कसको न्याय गर्नुहुनेछ ? (संसारको न्याय गर्नुहुने छ ।) जसले ख्रीष्टलाई मेरो मुक्तिदाताभनी उहाँमा भरोसा गरेको छ तिनीहरुका पापहरु क्रूसमा न्याय गरिसक्नुभएको छ, तर जसले मुक्तिको प्रस्तावलाई अस्वीकार गरेका छ तिनीहरू पापीहरूको रूपमा उहाँको अगाडि खडा भई उभिनुपर्नेछ । उहाँले तिनीहरुको न्याय गर्नुहुनेछ । के त्यसो ख्रीष्टियान भएपछि हाम्रो न्याय नै हुदैन भन्नु हो त ? होइन यसलाई तपाईले गलत रुपमा नबुझ्नुहोला । पक्कै पनि हामी सबैजनाको एक दिन न्याय हुनेछ । चाहे त्यो कालो होस, गोरो होस्, होचो होस्, अग्लो होस् । पाष्टर होस, सामूहिक आराधनामा भजन अगुवाई गर्ने होस्, भिडियो खिच्ने व्यक्ति होस्, हामी सबैको उहाँले न्याय गर्नुहुनेछ । तर ख्रीष्टियानहरु पापको खातिर न्यायमा पर्ने छैनन् । किनकि परमेश्वरले आफ्नो क्रोधको कचौरा आफ्नो प्रिय पुत्र येशू ख्रीष्टमा खन्याइसक्नुभएको छ । हामीले पाउनुपर्ने दण्द ख्रीष्टले हाम्रो सटटामा लिइसक्नुभएको छ । उहाँको धार्मिकता अब हाम्रो धार्मिकता बनेको छ (२ को ५:२१)। यसकारण ख्रीष्टमा हुनेलाई दण्डको आज्ञा छैन् (रोमी ८:१, यूहन्ना ६:४०)। तर हामीले हाम्रो जीवनमा गरेको कामको लेखा भने दिनुपर्नेहुन्छ । जसरी रोमी १४:१२ पदले भन्दछ कि, हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौँ । तर जो ख्रीष्ट बिना मरेका छन् तिनीहरु मुक्तिको लागि भने होइन तर अनन्त विनाशको लागि न्याय गरिनेछ । जसले ख्रीष्टलाई प्रभु र मुक्तिदाताको रुपमा अस्वीकार गरेका छन् तिनीहरुलाई तिनीहरुको कामको अधारमा मात्र न्याय गरिनेछ । जसरी “व्यवस्थाका कामहरूद्वारा कुनै पनि शरीर धर्मी ठहरिनेछैन” (गलाती २:१६), तिनीहरू दोषी ठहरिनेछन् भनेर गलातीको पुस्तकले हामीले बताउँछ । कुनै पनि असल कामहरू र परमेश्वरका नियमहरू पालना गरेर पापको प्रायश्चित हुन सक्दैन । तिनीहरूका सबै विचारहरू, शब्दहरू र कार्यहरू परमेश्वरको सिद्ध स्तरको विरुद्धमा न्याय गरिनेछन् र त्यहाँ अभाव पाइनेछ । तिनीहरूको लागि कुनै इनाम हुनेछैन, केवल अनन्त, अनन्तको दोष र दण्ड हुनेछ ।

के त्यसो अन्याय भयो त ? हो सुन्दा हामीलाई अप्ठयारो, अपच्या लाग्न सक्ला तर सत्य यहि नै हो । त्यसैले त पावलले एथेन्सका बसिन्दाहरुलाई यसरी भनिररहेका छन् कि ३० पदमा हेर्नुस त, “अब प्रत्येक ठाउँमा सब मानिसहरुले पश्चात्ताप गर्नुपर्छ ।” किनकि त्यहाँका मानिसहरु सृष्टिकर्ता भन्दा सृष्टि गरिएका थोकहरुमााथि र दर्शानिक कुरामा विश्वास गर्थे । जुन चाहि झुटो हो । झुटो ईश्वरमाथि विश्वास राख्ने, तिनीहरुलाई पुज्ने सबै परमेश्वरका शत्रुहरु हुन् । अब तिमीहरु आफ्ना पापबाट फर्किनुपर्छ र पश्चात्ताप गर्नुपर्छ । यदि गर्नुहुन्न भने तपाई परमेश्वरको न्यायमा पर्नुहुनेछ । उहाँको न्यायमा पर्नुभनेको डर लाग्दो कुरा हो भन्ने कुरा पावलले बताइरहेका छन् । पश्चताप नगर्ने जोकोहि पनि परमेश्वरको न्यायको पर्नेछन् । यदि तपाई ख्रीष्टमा हुनुहुन्न भने तपाई उहाँको न्याय र क्रोधमुनि हुनुहुन्छ । उहाँको न्याय र क्रोधबाट बाच्न चाहानुहुन्छ भने आफ्नो पापबाट फर्कि येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ । यी दुई कुराले मात्र तपाईंलाई बचाउँछ र तपाई अनन्तको पापको दण्डबाट बाँच्नुहुनेछ । यदि तपाईं यस चर्चमा निरन्तर रुपमा आउनुहुन्छ तर ख्रीष्टमा अहिलेसम्म विश्वास गर्नुभएको छैन भने सायद तपाईंको लागि यो समय सुनौलो मौका हो । म भोलीबाद भनेर नटार्नुहोस् । भोली कसैले देखेको छैन । आजै अहिले नै उहाँकहाँ आउनुहोस् । उहाँ तपाईको जस्तोसुकै पाप पनि पखाल्न सक्नुहुन्छ । यदि तपाई ख्रीष्टमा हुनुहुन्छ भने तपाईं उहाँको न्यायलाई कसरी लिइरहनुभएको छ ? यस्तै त हो, म बाचिसकेको छु अब परमेश्वरले मेरो न्याय गर्नुहुन्न भन्ने प्रकाशमा तपाईंले आफ्नो जीवन कसरी जीइरहनुभएको छ ? के तपाईं हरेक दिन बाइबल अध्ययन गर्नुहुन्छ ? के तपाईं हरेक दिन प्रार्थना गर्नुहुन्छ ? आफ्ना पापलाई मार्दै हरेक दिन ख्रीष्टजस्तै हुने प्रयास गर्दैहुनुहुन्छ ? के हाम्रो जीवन बचाइएको मानिसजस्तो देखिन्छ कि नबचाइएको मानिसजस्तै ?

याद गरौँ, एक दिन हामी सबैको न्यायको हुनेछ यो धुर्बसत्य कुरा हो । उहाँले न्याय गर्नुहुन्छ भन्नुको प्रमाण हामीसँग के छ ? यसको जवाफ दोस्रो बुँदाले दिदछ ।

२। किनकि उहाँ पुनरुत्थान हुनुभएको छ । बचनको दोस्रो बुँदा पुनरुत्थान (३१को ख खण्ड) कसरी उहाँको पुनरुत्थान हाम्रो न्याय हो ?

“उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ ।”

हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ बहुईश्वरबाद, सपेक्षिकताबाद अथवा यहाँ कुनै पनि कुरा पूर्णसत्य छैन त्यसकारण त सत्यताहरु एकअर्कामा सम्बन्धित छन् । “There Are No Absolutes” & “The Truth Is Relative” need to more Search for it. भन्ने संसारमा छौँ । तपाईंले मानेको कुरा तपाईंको लागि सहि छ र मैले मानेको कुरा मेरो लागि सहि भन्ने समाजमा बाँचिरहेका छौँ । अझै पुनरुत्थानको कुरा गर्दा त ह, पुनरुत्थान पो भन्ने समाजमा बाँचिरहेका छौँ । कुनै मानिस मरेर पनि जीवित हुनसक्छ र ? यस्तो प्रश्न गरेको पाउँछौँ । यो यो पुनरुत्थान भन्ने कुरा सब बकबास हो । के तिमी आफ्नै आँखाले देखेका छौँ भनेर उल्टै प्रश्न तेस्राउने गर्छन् । तर यहाँ पावलले किन उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ भन्ने कुरा भनिरहेका छन् ? किन पावलले पुनरुत्थानको बारेमा वकालत गरिरहेका छन् ?

किनकि एथेन्सका बासीहरु जो मृत्यु पछि मानिसको अस्तित्व समप्त हुन्छ र मृत्युपछिको न्यायमा विश्वास गर्दैन थिए । त्यसैले एकजना प्रभुका दासले यसरी भन्नुहुन्छ, यदि पुनरुत्थान सत्य हो भने, न्याय निश्चित छ; यदि न्याय निश्चित छ भने, पश्चात्ताप आवश्यक छ । त्यसकारण पावलले यस्तो प्रकारको झुटो शिक्षा, यस्तो प्रकारको दर्शनशास्त्रीय कुरा झुटा हुन भनेर बताउन खोजेका थिए । पावलले उहाँ बौरी उठनुभएको हो भन्ने कुराहरुको प्रमाण हामीसँग छ भनेर हामीलाई बताइरहेका छन् । उहाँको पुनरुत्थानको बारेमा परमेश्वर पिता आफैले प्रमाण दिनुभएको छ । उहाँका दाबीहरुलाई उहाँले समर्थन गर्नुभएको छ भनेर देख्न सक्छौँ । र हामीलाई धर्मशास्त्रले यसको बारेमा यथेस्त प्रमाणहरु दिएको छ । जसमध्ये हामीले रोमी १:४ पदमा यसो लेखिएको देख्न सक्छौँ । येशूख्रीष्ट हाम्रा प्रभु मरेकाबाट पुनरुत्थान हुनुभएर पवित्राको आत्माअनुसार शक्तिमा परमेश्वरको पुत्र थहरिनुभयो (रोमी १:४)। यति कुरा मात्र होइन, येशूख्रीष्ट मृतकहरुको पुनरुत्थानको पहिलो फल हुनुहुन्छ । जो मरेको मरै रहनुभएन तर उहाँ तेस्रो दिनमा बौरी उठनुभएको हो । उहाँ वौरी उठनुभएको प्रमाण आफना १२ जना चेलाहरुमाझ देखाउनुभयो । त्यसपछि ५०० भन्दा बढि भाईहरुकहाँ एकै साथ देखापर्नुभएको थियो ।

यसले यहि नै देखाउँछ कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँ पाप र मृत्युमाथि विजय हुनुहुने परमेश्वर हुनुहुन्छ । यदि ख्रीष्ट मरेको मरै रहनुभएको भए सायद, पावलले ख्रीष्टको प्रचार गरेको व्यर्थ रहने थियो । पावल मात्र होइनन्, उनका अनुनायीहरु मात्र होइनन् तर उनका साथमा सिंगो इतिहास जसले ख्रीष्टको वा सुसमाचारको खातिर पहिलो शतब्दीमा आफ्नो जीवन आर्पण गरेका थिए तिनीहरु पनि झुटो थहरिने थिए । र उहाँ हाम्रो पापको खातिर क्रूसमा मार्नुभयो । उहाँ पापमाथि विजय प्राप्त गर्नुभयो । उहाँ क्रूसमा मरेको नाटक गर्नुभएन तर उहाँ साँच्चै मर्नुभएको थियो । उहाँ साँच्चै नै मर्नुभएको थियो । यो अद्धितिय कुरा सुनेर त्यहाँका मानिसहरु हासो गरे, र उहाँको ठटटा गरे (३२)। तिनीहरुको लागि येशू मृत्युबाट पुनरुत्थान हुनुभयो भन्ने कुरा उहाँको ईश्वरीय अधिकार र न्यायकर्ताको भूमिकाको प्रमाणको रुपमा काम गर्दछ भन्ने कुरा विर्सिएका थिए । उहाँको क्रुसीकरण र पुनरुत्थानले यहि नै देखाउँछ कि उहाँको अख्तियार वा ईश्वरीय अधिकार र सबैको न्यायकर्ताको योग्यको हुनुहुन्छ ।

हामी पनि ति एथेन्सका मानिसहरुजस्तै नहोओ । उहाँको पुनरुत्थान र न्यायलाई सतही रुपमा नलिऔ । उहाँको पुनरुत्थानले केवल न्यायलाई मात्र जनाउदैन तर उहाँको पुनरुत्थानले हाम्रो पुनरुत्थानलाई संकेत गर्दछ । हाम्रो पनि एक दिन पुनरुत्थान हुनेछ । पुनरुत्थान नै हाम्रो आशा हो, भरोसा हो । यदि ख्रीष्टको पुनरुत्थान हुदैन थियो भने हामी संसारको सबैभन्दा दहनीय मानिस हुनेथियो (१ कोरिन्थी १५:१९) । हामीले गरेको विश्वास व्यर्थ रहनेथियो । सुसमाचारको खातिर जीइएका जीवन व्यर्थ रहने थियो । हामी अझ पापमा नै रहने थियो (१८) । “तर ख्रीष्ट मृतकहरूबाट बौरी उठ्नुभएको हुनाले, हामी मृत्युको सामना गर्न सक्ने मानिसहरू हौँ— किनकि हामी यो जान्दछौँ कि मृत्युको अन्तिम विजय छैन, र यसको खील स्थायी अर्थात सधैँभरि हुँदैन (१ कोरिन्थी १५: ५४-५५) । पुनरुत्थान बिना सुसमाचार छैन, मुक्ति छैन, बचाउने सन्देश छैन, भविष्यको आशा छैन ।[1]

अन्त्यमा हामीले भरखरै हेरेयौ कि, एक दिन हामी सबैको न्याय निश्चित छ । उहाँले हाम्रो न्याय गर्नुहुनेछ । जसरी रात पछि उज्यालो, जन्म पछि मृत्यु आएजस्तै मृत्यु पछि न्याय एक दिन सबैको हुन्छ । त्यसैले हामीले उहाँको न्यायलाई कहिले पनि इन्कार गर्न सक्दैनौँ । उहाँले हाम्रो न्याय गर्नुहुन्छ भन्नुको प्रमाण भनेको उहाँको पुनरुत्थान हो । पुनरुत्थान नै हाम्रो आशा हो, भरोसा हो । पुनरुत्थानले यहि नै देखाउँछ कि उहाँ अधिकारवाला र उहाँ सबैको न्यायकर्ताको योग्यको हुनुहुन्छ । यदि तपाईं ख्रीष्टियान होइन भने यो पुनरुत्थानको आशा तपाईंको लागि होइन, यो केवल ख्रीष्टियानहरुको लागि मात्र हो । र तपाईं यो आशमा रहन वा जीउन चाहानुहुन्छ भने ख्रीष्टलाई अहिले नै चिन्नुहोस् । उहाँमा आउनुस, आफ्ना पापको पश्चत्ताप गर्नुस र विश्वास गर्नुहोस् । र अनन्त रुपमा दन्किरहेको परमेश्वरको क्रोधबाट वा अन्तिम न्यायबाट आफुलाई बचाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *